मौन अवधिमा एमाले अध्यक्ष ओली पत्नी राधिकासँगै भान्सामा, एक घण्टामा ३५ सय बढी प्रतिक्रिया (तीन तस्बिर)

काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दौडधुपबाट फुर्सद भएपछि केही न केही नयाँ काम गरेर आफूलाई व्यस्त राख्ने स्वाभावको हुनुहुन्छ । कहिले खेलकुद त कहिले संगीतका माध्ययमबाट रमाइलो गर्ने ओलीले आज आफ्नो फेसबुक पेजबाट भान्सामा पत्नी राधिकासँगै काम गर्दै गरेको तस्बिर सार्वजनिक गर्नुभएको छ ।
‘धेरै दिन पछिको फूर्सद, फूर्सदमा राधिकासँग साग केलाउँदै’ भन्दै सार्वजनिक गरेका तीन तस्बिरमा एक घण्टामै २० हजार बढीले लाईक गरेका छन् भने करीब ५ सयले सेयर र करीब ३५ सयले कमेण्ट गरेका छन् । निर्वाचनको अधिल्लो दिन सार्वजनिक गरेका ती तस्बिरमा अधिकांश कमेण्टमा सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन् ।