कांग्रेसका शीर्ष नेताको मतदानः गगन र प्रकाशमान काठमाडौँबाट, धनराज स्याङ्जा र रामचन्द्र दमौलीबाट

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पकनाजोल केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनुहुन्छ । उहाँ पत्नी सिर्जना सिंहसँगै मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्यवती केन्द्र , तनहुँ १ दमौलीबाट मतदान गर्नुभएको छ । त्यसैगरी कांग्रेस उपसभापति धनराज गुरुङले स्याङजा क्षेत्र नम्बर–२ को रानीचरी खाल्टे अर्जुनचौपारी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । महामन्त्री गगन थापाले काठमाडौँ क्षेत्र नम्बर ४ बाट मतदान गर्नुभएको छ । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले गोविन्दपुरी माध्यामिक विद्यालय डडेलधुराबाट मतदान गर्नुभएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पनि सिन्धुपाल्चोकबाट मतदान गर्नुभएको छ ।