बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडाैं, ८ मंसिर । काठमाडौँ महानगरपालिका–१३ स्थित बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।