ओखलढुङ्गामा बोलेरो दुर्घटना : नौ जना घाइते

काठमाडौं, ७ मङ्सिर । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–स्थित खनियाखर्कमा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

सोमबार बिहान निशंखेबाट लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइते सबैको जिल्लास्थित मिसन सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *