गर्भवती महिलाको मृत्यु भएपछि सर्लाही बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड

सर्लाही, ७ मङ्सिर । उपचारका क्रममा नौ महिनाकी गर्भवती २१ वर्षीया सीमा रामदेवीको मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् ।

तीन दिनदेखि बिरामी रहेकी रामदेवीको शनिबार उपचारका क्रममा अवस्था बिग्रिएपछि थप उपचारका लागि चन्द्रनिगाहपुर लगिएको थियो । त्यहाँ राति १०ः५३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै आफन्तले अस्पतालको आकस्मिक कक्षमा आगजनी तथा तोडफोड गरेका हुन् । घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन् । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *