नेपालले डीडीएसलाई दियाे ३०४ रनको लक्ष्य

काठमाडौं, मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टाेलीले भारतको दिल्ली जिल्ला क्रिकेट एसोसियसन(डीडीसीए)लाई जितका लागि ३ सय ४ रनको लक्ष्य दिएको छ ।

भारतमा आगामी वर्ष हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटमा रहेको विश्वकप लिग टूको नामिबियामा हुने त्रिदेशीय सिरिजको तयारीको लागि नेपालीका टोली अहिले भारतको दिल्लीमा रहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले शतकीय ईनिङ खेले ।

हरिशंकर शाहले ३९ बलमा २५ तथा कुशल भुर्तेलले ३९ बलमा २१ रन बनाए । आरिफ शेखले अविजित १८ रन बनाए। नेपालका ओपनरद्वय आसिफ शेख तथा अर्जुन साउदलाई शुन्यमा गुमाएको नेपालले पुर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पनि शुन्य रनमा गुमाएको थियो ।

डीडीसीएका लागि प्रिन्स यादवले ३ तथा मनिश सिरावतले २ विकेट लिए ।