प्रधानमन्त्रीका महत्वाकांक्षीहरूको दौडधुपले कांग्रेसमा भाँडभैलोको संकेत
काठमाडौं, १३ मंसिर । जारी मतगणनाको परिणाममा सत्ता गठबन्धन बहुमतको नजिक पुगे सँगसँगै नेपाली कांग्रेसभित्र अब प्रधानमन्त्रीका महत्वाकांक्षीहरूको दौडधुपले नयाँ भाँडभैलो सुरु हुने संकेत देखिएको छ । सत्ता गठबन्धनका वरिष्ठ नेताहरूबीच सरकार गठनबारे प्रारम्भिक छलफल सुरु भएको छ भने अर्कोतिर कांग्रेसका प्रधानमन्त्री प्रत्याशी नेताहरूले पनि आआफ्नो सम्पर्क क्षेत्रहरूमा दौडधुप सुरु गरिसकेको छ । प्रधानमन्त्रीका प्रत्याशीहरूको यो दौडधुपलाई कांग्रेसभित्र उत्पन्न हुन लागेको भाँडभैलोको संकेतको रूपमा लिन थालिएको छ ।
अहिले नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीका दावेदार भनी पाँच जना प्रत्याशीहरू अगाडि आइरहेका छन् । यसमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र गगन थापाले सार्वजनिक रुपमै आफूहरूलाई प्रधानमन्त्री दावेदारका रूपमा प्रस्तुत गरिसक्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र संसदीय दलभित्र बहुमत भएको कारणले नै प्रधानमन्त्रीका दावेदार हुनुहुन्छ । त्यसमाथि उहाँ सात पटकसम्म प्रधानमन्त्री बन्ने योग छ भनी ज्योतिषले गरेको भविष्यवाणीप्रति पनि उहाँ पूर्ण रूपमा ढुक्क रहनुभएको देखिन्छ ।
अर्का नेता रामचन्द्र पौडेल धेरैपटक अवसरबाट बञ्चित भइसक्नुभएका कारण यसपटक अन्तिम दावीका रूपमा उहाँ अगाडि बढ्नुभएको छ । संसदमा प्रधानमन्त्रीका लागि भएको मतदानमा उहाँ दर्जनौंपटक पराजित हुनुभएको थियो भने पार्टी सभापति पदमा पनि पराजित हुुनुभयो । त्यसैले उहाँलाई यो पटक प्रधानमन्त्री बनाउनुपर्ने भनी सहानुभूति प्रकट गर्नेहरू कांग्रेसमा धेरै छन् ।
अर्का नेता रामचन्द्र पौडेल धेरैपटक अवसरबाट बञ्चित भइसक्नुभएका कारण यसपटक अन्तिम दावीका रूपमा उहाँ अगाडि बढ्नुभएको छ । संसदमा प्रधानमन्त्रीका लागि भएको मतदानमा उहाँ दर्जनौंपटक पराजित हुनुभएको थियो भने पार्टी सभापति पदमा पनि पराजित हुुनुभयो । त्यसैले उहाँलाई यो पटक प्रधानमन्त्री बनाउनुपर्ने भनी सहानुभूति प्रकट गर्नेहरू कांग्रेसमा धेरै छन्
त्यस्तै गत वर्ष सम्पन्न पार्टीको महाधिवेशनमा देउवालाई समर्थन गरेको कारण यसपाली प्रकाशमान सिंहले प्रधानमन्त्री पदमा दावी गर्नुभएको छ । सिंहले यस पछि पनि कि सभापति कि प्रधानमन्त्री भनी दावी गर्दै आउनुभएको हो । उहाँ अहिले त्यहि दौडधुपसँगै अन्य दलको पनि समर्थन जुटाउने प्रयासमा हुनुहुन्छ । त्यहि सिलसिलामा उहाँ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास नै पुग्नुभएको तस्बिर सार्वजनिक भएको छ ।
अर्कोतिर कोइराला वंशको प्रतिनिधित्व गर्दै शशांक कोइरालाले पनि यसपटक प्रधानमन्त्री नछोड्ने घोषणा गरिसक्नुभएको छ । कोइराला समर्थक अर्कोतिर युवा नेता गगन थापाले ‘प्रोजेक्ट पीए’ योजना नै बनाई प्रधानमन्त्री दावी गर्नुभएको छ । थापाले गएको चुनावमै आफू जितेमा प्रधानमन्त्री बन्ने प्रचार गरी मतदाता आकर्षित गर्नुभएको थियो । उहाँले निर्वाचन सम्पन्नपछि पनि पटक–पटक संसदीय दलको नेता बन्ने र प्रधानमन्त्री बन्ने आफ्नो अडानबाट पछि नहट्ने बताउँदै आउनु भएको छ ।
यद्यपि, पार्टीभित्र थुप्रै वरिष्ठ नेताहरू हुँदाहुँदै पनि किन गगन थापाले प्रधानमन्त्री पदमा दावी गरे भन्ने विषयमा धेरै प्रश्नहरू उठेका छन् । उहाँको यो दावीको पछाडि अन्य शक्तिहरूको पनि साथ रहेको आशंका गरिएको छ । यहि भिडमा अहिले किशोरसिंह राठौर पनि प्रधानमन्त्रीको दाबीका लागि थपिनु भएको छ । आआफ्नो दावीलाई साकार गर्न यी महत्वाकांक्षी नेताहरूले विभिन्न शक्तिकेन्द्रहरूसँग सम्पर्क गरी आफ्नो पक्षमा माहौल बनाउन सुरु गरिसक्नुभएको छ ।
यद्यपि, पार्टीभित्र थुप्रै वरिष्ठ नेताहरू हुँदाहुँदै पनि किन गगन थापाले प्रधानमन्त्री पदमा दावी गरे भन्ने विषयमा धेरै प्रश्नहरू उठेका छन् । उहाँको यो दावीको पछाडि अन्य शक्तिहरूको पनि साथ रहेको आशंका गरिएको छ
यस क्रममा पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको सम्पर्कलाई बाक्लो बनाउन थाल्नुभएको छ भने अर्का नेता रामचन्द्र पौडेलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेटी समर्थन जुटाउने प्रयास गर्नुभएको छ । प्रकाशमान सिंहले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई भेटेर बधाई साटासाट गर्नुभएको छ ।
उहाँहरूको यो सक्रियता मूलतः प्रधानमन्त्री पदका लागि आफ्नो पक्षमा समर्थन जुटाउनमै केन्द्रित रहेको बुझ्न गाह्रो छैन । पार्टीभित्र प्रधानमन्त्री पदका लागि भएको यो खिंचातानीले सरकार गठन अघि नै टिक्तता जन्माउने त छँदैछ साथै सरकार गठन पछि पनि सरकारलाई असहयोग गर्ने वातावरण बनाइरहने कुरामा दुई मत छैन ।
अहिले कांग्रेसका प्रत्याशी नेताहरू प्रधानमन्त्री पदका लागि दौडधुप गरिरहे पनि सरकार भने कांग्रेस एक्लैले गठन गर्न सक्ने अवस्था छैन । सरकार गठनमा अरु दलको सहयोग अत्यावश्यक छ । यसमा अरु दलको प्रवेशले कांग्रेसको किचलोलाई अझ विस्तार गरिदिने खतरा पनि उतिकै रहेको छ ।