आज १९ औं ज्यापु दिवस अन्तरगत सुकुन्दा र्याली हुँदै

काठमाडौं, १७ मंसिर । १९ औं ‘राष्ट्रिय ज्यापु दिवस’ मंसिर २२ गते भव्य रूपमा मनाउने भएकाे छ । त्यसैका तयारीका लागि आज शनिवार अपरान्ह ज्यापु विकास संस्कृति काेषले सुकुन्दा र्यालीकाे आयाेजना गरिएकाे छ

आज शनिवार अपरान्ह ४: ३० बजे काठमाडाैंकाे २१ वडा गाेफः टाेलबाट सुकुन्दा र्याली सुरू हुनेछ । १९ औं ‘राष्ट्रिय ज्यापु दिवस’ समाराेह समितिकाे सुकुन्दा र्यालीकाे ‘र्याली मार्ग’ 

हरेक वर्षझैं यस वर्ष पनि सुकुन्दा र्याली आयाेजना गरेकाे हाे । र्याली काठमाडौँ महानगरपालिका २१ वडा गोफल टोलबाट सुरू हुनेछ । र्यालीका लागि सबैजना अपरान्ह ३ बजे नै भेला हुनेछन् । नेवाः परम्परा अनुसार सगुन लिइसकेपछिमात्र र्याली सुरूहुने ज्यापु विकास संस्कृति काेषले जनाएकाे छ ।

२२ गते राष्ट्र प्रमुखहरूको उपस्थितिमा १९ औं ज्यापु दिवस

ज्यापु विकास संस्कृति काेषले मंसिर २२ गते विहिवार यःमरी पुन्हिका दिन गोफः त्वाःको संयोजकत्वमा १९ औं राष्ट्रिय ज्यापु दिवस समारोह कार्यक्रम संचालन गर्ने तयारी पुरा भएको जनाएकाे छ । ज्यापु संस्कृतिलाई राष्ट्रिय साँस्कृतिक अभियानको रुपमा अगाडी बढाउन राष्ट्रिय मान्यताको आधारमा राष्ट्र प्रमुख प्रधानमन्त्रीको आतिथ्यमा राष्ट्रिय पर्वको रुपमा निरन्तर ज्यापु दिवस संचालन गर्दै आइरहेको छ ।

यो वर्ष पनि मंसिर २२ गते राष्ट्र प्रमुखहरूको उपस्थितिमा १९ औं ज्यापु दिवस मनाउने भव्य तयारी गरिसकेकाे छ ।

मंसिर २२ गते काठमाडाैंकाे लगन टाेलमा भेलाभई नेवाः परम्पराका बाजागाजा र झाँकीसहित नगर परिक्रमा गरि वसन्तपुरमा पुगेर ज्यापु दिवसकाे सभामा परिणत हुनेछ ।

मंसिर २२ गते हुने साँस्कृतिक र्यालीकाे मार्ग 

राष्ट्रिय ज्यापु दिवस समारोह यस पटक परम्परागत गोफः टोलको संयोजनमा मनाइदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *