सिन्धुपाल्चोककाे हर्लङबर्लङमा मार्ग शुक्ल पूर्णिमाकाे दिन मेला लाग्दै

सिन्धुपाल्चाेक, १८ मंसिर । सिन्धुपाल्चोककाे चौतारा सँगाचोकगढी नगरपालिका वडा नं १ स्याउलेस्थित सताब्दी पुरानाे हर्लङबर्लङ देवीथानमा मंसिर २२ गते मेला लाग्दै छ ।

मेला हरेक वर्ष मार्ग शुक्ल पूर्णिमा अर्थात धान्यपूर्णिमा (य मरी पुन्ही)काे दिन ठूलाे मेला लाग्ने गर्दछ । मेला एक रात २ दिन लाग्ने गर्दछ ।

देवीथानमा पूर्णिमाकाे दिन रातभर जाग्राम बसी बत्ती बाल्ने परम्परा रहेको छ । बत्ती बाल्न छिमेकी जिल्ला काठमाडाैं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चाेक आसपासका मानिसहरू आउने गर्दछन् ।

हरेक वर्ष मार्ग शुक्ल पूर्णिमाकाे दिन मेलालाग्ने उक्त मेलामा अहिले बाटाेकाे सुबिधा राम्राे रहेकाे छ भने काठमाडाैंबाट ९० किलाेमिटरकाे दुरीमा सजिलै पुग्न सकिन्छ ।

यस वर्ष स्थानीय हर्लङबर्लङ क्लबले मेला भव्य रूपले मनाउनका लागि बृहत साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।