धनकुटाका नागरिकले स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट

धनकुटा, २० मंसिर । धनकुटाकाे छथर जोरपाटी गाउँपालिकाले पालिका भित्रका नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ ।

यसका लागि नागरिकका परिवारले तिर्नुपर्ने रु तीन हजार पाँच सयमा पालिकाकाले ५० प्रतिशत रकम तिरिदिने निर्णय गरेको छ ।

यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले रु ६८ लाख बजेट विनियोजन समेत गरेको छ ।

बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार नौ सय २२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनुभयो ।