चितुवाकाे आक्रमणबाट डोटीमा ६ जना घाइते

कैलाली, २१ मंसिर । कैलालीकाे डोटीमा चितुवाकाे आक्रमणबाट ६ जना घाइते भएका छन् ।

कैलालीकाे पूर्वी चौकी गाउँपालिका ५ बटालाका स्थानीय ६ जनालाई चितुवाले आक्रमण गरि घाइते बनाएको प्रहरीले जनाएकाे छ ।

मगंलबार अपराह्न ५ बजेको समयमा एउटै टोलका ६ जनामाथि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए । घरको आँगनमा खेली रहेका बालबालिका र एक आमालाई चितुवाले आक्रमण गरेको थियो ।

आक्रमणबाट शारदादेवी बटाला, उनका ४ वर्षका छोरा सिद्ध बटाला सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना बटाला र किथ्थी गिरी घाइते भएका छन् ।

४ वर्षका सिद्ध बटाला र १५ वर्षीया लाली बटालाको अवस्था केही गम्भीर भएकाे प्रहरीले जनाएको छ। बाँकीको अवस्था सामान्य रहेको छ ।

बालक सिद्ध बटालालाई घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेपछि बचाउन गएकी उनकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *