आफ्नाे कार्यालय परिसरको फोहोर आफै व्यवस्थापन गर्न महानगरको आग्रह

काठमाडौं, २१ मंसिर । काठमाडौँ महानगरपालिकाले विभिन्न सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफैले व्यवस्थापन गर्न आग्रह गरेकाे छ।

महानगरले आज बुधबार आफ्नाे कार्यालय परिसरकाे फाेहाेर ३५ दिनभित्रै आफैँले व्यवस्थापन गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ।

‘अन्यथा प्रचलित कानुन बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने व्यहोरासमेत यसै सूचनामार्फत् सूचित गरिन्छ,’ सूचनामा लेखिएको छ ।

महानगरले प्रकाशित गरेकाे सूचनामा समयसीमाभित्र फाेहाेर व्यवस्थापन नगर्ने कार्यालयलाई कारवाही गर्ने चेतावनी समेत दिएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *