विश्वकप फुटबलकाे क्वाटरफाइनलमा आज दुई खेल हुँदै

एजेन्सी, २४ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनलमा अन्तिम दुई खेल हुँदैछ ।

पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ भने दाेस्राे खेलमा इंग्ल्याण्ड र फ्रान्स बीच हुनेछ ।

पहिलो खेल पोर्चुगल र मोरक्कोबीच राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । यस्तै दोस्रो खेल इंग्ल्याण्ड र फ्रान्स बीच अल बायत स्टेडियममा १२:४५ बजे हुनेछ । यी दुबै खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।

आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटा टोलीको टुङ्गो लाग्नेछ ।