भूमिका केसीको अभिनयमा ‘बरिलै’ सार्वजनिक
काठमाडौं, मंसिर २५। भूमिका केसीको अभिनयमा ‘बरिलै,’ बोलको गीत सार्वजनिक भएको छ ।
भीम बिसीको शब्द र टेक बिसीको संगित हरेको यस गीतमा एलिना चौहानको स्वर रहेको छ । गीत साइराम पिक्चर्सले युट्युब मार्फत बजारमा ल्याएको हो ।
गीतको म्युजिक भिडियोको निर्देशन प्रमोद भण्डारीले गरेका छन् । गीतमा सुदीप आचार्य र भूमिका केसीको अभिनय रहेको छ ।