निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सो प्रतिवेदन बुझाएको हो । राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गर्नुभयो ।

प्रतिनिधिसभाको पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।