भ्वाङ पारेको दुर्गन्धित टुकुचा परिसरबाट मेयर बालेनलाई पैदलयात्रुको प्रश्न– ‘मृत्यू खाडल कहिले पुर्नुहुन्छ मेयरज्यू ?’

कविता घिमिरे

काठमाडौं, १ पुस । गत भदौ ३० गते जयनेपाल हलको कम्पाउन्डमा काठमाडौं महानगरपालिकाको टोलीले डोजरको सहयोगमा १३० वर्ष पुरानो राणाकालीन सुरूङ उधिन्दा त्यतिबेला काठमाडौंका मेयर बालेन्द्र साहको वाहवाही भयो । डोजर चलाएर हल परिसरमा १५ फिट गहिरो खाडल बनाएपछि धेरैले ‘काठमाडौंका मेयर बालेनले हराएको टुकुचा खोला भेट्टाइ दिए’ भन्दै उहाँको खुव तारिफ पनि गरे ।

झट्ट सुन्दा हराएको टुकुचा खोला भेटियो भन्ने कुरा सकारात्मक थियो । सकारात्मक काममा खुशी हुनु स्वाभाविक पनि थियो । तर, त्यो खुशी लामो समयसम्म टिक्न सकेन । हो, सांस्कृतिक सम्पदा, खोला–नाला हाम्रा अमूल्य निधि हुन् । यी र यस्ता निधि जोगाउनु हाम्रो दायित्व पनि हो । अझ जनप्रतिनिधिले नै त्यस्ता निधिको संरक्षण गर्नु झन खुशीको पल हो । तर, क्षणिक चर्चाका लागि यस्ता अमूल्य निधिमा गरिने मजाक भने निश्चय पनि दुःखदायक कुरा हुन् ।

टुकुचा भेटियो भन्दै महानगरले १३० वर्ष पुरानो राणाकालीन सुरूङमा डोजर चलाएर उधिनेको टुकुचाको खाडल महिना गिन्ती गर्दा पनि मंसिर ३० गते तीन महिना पूरा भएर यति आएको छ । तर, अहिले पनि महानगरपालिकाले न टुकुचालाई खोला वा नदी हो भनी प्रमाणित गर्न सकेको छ न त त्यो उधिनेको खाडल पुर्नमा नै ध्यान दिएको छ । काठमाडौंको मुटुमा रहेको जयनेपाल हल परिसरको त्यो खाडल बरु अहिले ‘मृत्यु खाडल’ बन्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

त्यति मात्रै होइन महानगरले डोजरले उधिने र खाडल बनाएपछि डिल भासिँदै गएकाले एकातिर जमिन भासिँने जोखिम बढेको छ भने अर्कोतिर ढल ह्वाङ्ग भएपछि निस्कने डुङ्डुङ्ती दुर्गन्धले स्थानीयमा रोग फैलिने चिन्ता थपिएको छ ।

त्यति मात्रै होइन महानगरले डोजरले उधिने र खाडल बनाएपछि डिल भासिँदै गएकाले एकातिर जमिन भासिँने जोखिम बढेको छ भने अर्कोतिर ढल ह्वाङ्ग भएपछि निस्कने डुङ्डुङ्ती दुर्गन्धले स्थानीयमा रोग फैलिने चिन्ता थपिएको छ ।

सुरुमा महानगरले टुकुचा उधिन्दा वाहवाही गर्नेहरु पनि यथार्थ बुझ्दै गएपछि महानगरको आलोचना गर्न थालेका छन् । त्यति मात्रै होइन फिल्मी शैलीमा महानगरले डोजरसहित टुकुचा आसपासमा वर्षौदेखि थातवास बनाएर बसेका स्थानीयहरुमा उठिवासको भूइँचालो ल्याएको थियो । विस्तारै महानगरको आलोकाँचो शैलीमा विरोधका स्वरहरु बलियो बन्न थालेपछि स्थानीयले पनि राहतको स्वास फेर्न थालेका छन् ।

१३० वर्ष पुरानो गुम्बज शैलीमा वैज्ञानिक र व्यवस्थित ढंगले बनाएको टुकुचाको भूमिगत सुरूङलाई महानगरको डोजरले उधिनेकोमा पुरातत्व विभाग पनि खुशी छैन । डोजरले क्षति पुर्याएको ठाउँलाई महानगरले नै मौलिक स्वरूपमा पुनर्निर्माण गर्नुपर्ने मत विज्ञहरुबाट पनि आउन थालेको छ । पुरातत्व विभागको मत पनि विज्ञहरुको भन्दा फरक छैन । ढुंगेधारा एवं भूमिगत जलविज्ञ पी.एस.जोशी पनि १३० वर्ष पुरानो सम्पदामाथि गरेको स्टनको विपक्षमा हुनुहुन्छ ।

‘टुकुचा संरक्षण गर्नुपर्ने निकै ठूलो आवश्यकता छ,’ उहाँले मैत्रीन्युजसँग भन्नुभयो, ‘टुकुचाको मुहान खोजेर समस्या पहिचान गर्नुपर्ने ठाउँमा अचानक जयनेपाल हल परिसरबाट टुकुचा भेटियो भनेर ‘स्टन’ गरियो । टुकुचा त्यहिँ थियो ।’ उहाँले खोल्नु नै पर्ने भए अन्तिममा खोल्नु पर्ने ठाउँमा सुरुमै डोजर लगाएर महानगरपालिकाले गलत गरेको बताउनुभयो । ‘गुम्बज शैलीमा वैज्ञानिक र व्यवस्थित ढंगले बनाएको टुकुचाको भूमिगत सुरूङलाई फोड्नु नै पर्ने भए पनि अन्तिममा फोड्नु पर्ने हो,’ उहाँले भन्नुभयो, ‘तर, सुरु नै त्यहाँबाट गरेर महानगरपालिकाले गलत गर्यो ।’

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सय वर्ष नाघेका मौलिक स्वरूपमा रहेका हरेक संरचना पुरातात्विक महत्वका हुन्छन् । तर, त्यसको समेत धज्जी उडाएर महानगरपालिकाले आँलोकाँचो काम गरेपछि त्यसलाई सम्पदा क्षेत्रमा चासो राख्नेहरुले समेत सम्पदामाथिको प्रहार भनेका छन् । भदौ ३० मा महानगरले जयनेपाल हल परिसरमा डोजरले उधिनेको भ्वाङको सतहमा ‘श्री ३ वीर’ अभिलेख अंकित इँटा भेटिनुले पनि यो संरचना वीरशमशेरको पालाभन्दा अगाडि बनेको भन्ने आधार भेटिन्छ ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सय वर्ष नाघेका मौलिक स्वरूपमा रहेका हरेक संरचना पुरातात्विक महत्वका हुन्छन् । तर, त्यसको समेत धज्जी उडाएर महानगरपालिकाले आँलोकाँचो काम गरेपछि त्यसलाई सम्पदा क्षेत्रमा चासो राख्नेहरुले समेत सम्पदामाथिको प्रहार भनेका छन् ।

तर, महानगरपालिकाले त्यो क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई भूमाफिया जसरी उठिवास लगाउने हर्कत गर्नुले पनि महानगरको आलोकाँचो शैलीको पर्दाफास हुन्छ ।
डोजर आतंकपछि रुष्ट बनेका स्थानीय र व्यवसायीले आफूले सम्पूर्ण कर बुझाएको, रीतपूर्वक खरिद गरेको र नक्सा पास भएको जमिनमा महानगरले बुल्डोजर आतंक मच्याएको भन्दै अदालत गुहारेपछि महानगरपछि हटेको छ भने स्थानीय र व्यापारीले पनि राहत महशुस गरेका छन् ।

स्थानीय मात्रै होइन महानगरपालिकाले उधिनेको खाडल लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा पैदल यात्रु समेत हैरानी झेल्न बाध्य भएका छन् । केही दिन अघि रिर्पोटिङका लागि हात्तीसार आसपास पुग्दा काठमाडौं महानगरपालिका वडा नम्बर १ मा बसोवास गर्दै आउनु भएकी सविना थापासँग भेट भयो । उहाँ दैनिक बिहानीपख त्यहि भ्वाङको नजिक हुँदै लोक सेवाको कक्षा लिन बागबजार आउजाउ गर्नुहुने रहेछ ।

उहाँले निरास चेहरासहित भन्नुभयो– ‘दैनिक साँझ–विहान सयौँ मान्छे यहिबाट पैदलयात्रा गर्छन् । यो खाडल मृत्यु खाडल भन्ने हो कि भन्ने चिन्ता बढेको छ ।’ उहाँ आफैलाई पनि आवतजावत गर्न गाह्राे भएको बताउनुहुन्छ । ‘यो बाटो पहिला जस्तो सहज लाग्दैन, फुटपाथमा हिड्ने बाटो छैन, सडकमा हिड्दा गाडीले किच्ला भन्ने डर हुन्छ’, उहाँले भन्नुभयो,’ ‘पैदलयात्रुलाई समस्या भएको छ । छिटो व्यवस्थापन भए राम्रो हुन्थ्यो ।’

‘दैनिक साँझ–विहान सयौँ मान्छे यहिबाट पैदलयात्रा गर्छन् । यो खाडल मृत्यु खाडल भन्ने हो कि भन्ने चिन्ता बढेको छ ।’ उहाँ आफैलाई पनि आवतजावत गर्न गाह्राे भएको बताउनुभयो । ‘यो बाटो पहिला जस्तो सहज लाग्दैन, फुटपाथमा हिड्ने बाटो छैन, सडकमा हिड्दा गाडीले किच्ला भन्ने डर हुन्छ’, उहाँले भन्नुभयो,’ ‘पैदलयात्रुलाई समस्या भएको छ । छिटो व्यवस्थापन भए राम्रो हुन्थ्यो ।’

पैदलयात्रामै भेटिनु भएका प्रविन श्रेष्ठको भनाई पनि थापासँग मिल्दो छ । सुरुमा हराएको टुकुचा भटिदाँ धेरै खुसी लागेको बताउने श्रेष्ठले त्यहिँबाट पैदयात्रामा यस्तो असहज होला भन्ने अनुमान गर्नुभएको रहेनछ । ‘मेयर बालेन्द्र साहको पहलमा हराएको टुकुचा भेतियो धेरै खुसी लागेको थियो,’ उहाँले सुरुका दिन सम्झदैँ भन्नुभयो, ‘तर पैदल यात्रामै समस्या हुनेगरी अस्तव्यस्त भएपछि हैरानी भएको छ । व्यवस्थापन नहुँदा कसैले पनि यो खाडलमा परेर अकालमै ज्यान गुमाउन नपरोस् । मेयर बालेनलाई मेरो सुझाव सुनाई दिनु है ।’

श्रेष्ठ र थापालाई मात्र होईन, टुकुचा भेटियो भन्दा खुसी भएका धेरै अनुहार अहिले खोला खोज्न खनिएको खाडल समयमा नपुरिदाँ र फुटपाथमा हिड्न असहज हुँदा महानगरसँग रुष्ट छन् । यदि समयमै महानगरले फुटपाथ व्यवस्थापन गर्न नलाग्ने हो भने अकालमै ज्यान जाने जोखिम बढ्ने देखिन्छ ।

कामपा भन्छः फुटपाथमा समस्या छैन

यता काठमाडौं महानगरपालिका टुकुचा भेटिएको ठाउँ (जय नेपाल हलको पर्खाल) मा फुटपाथको समस्या नभएको बताउँछ । मैत्रीन्यूजसँग कुरा गर्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले टुकुचा खोला भेटिएको जयनेपाल हल वरवर फुटपाथलाई कुनै असर नगरेको बताउनुभयो । ‘कुटुचाको खोजी गर्दा जयनेपाल हलको पर्खालमा असर गरेको छ फुटपाथमा असर पुगेको छैन, यदि त्यो हो रहेछ भने  हामी बुझ्छौं’ उहाँले भन्नुभयो ।