चितवनमा जंगली हात्तीको आक्रमणबाट एककाे मृत्यु

चितवन, ३ पु्स । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ ।

भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदीकाे हात्तीको आक्रमणबाट मृत्यु भएको हाे ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।