बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५१ हजार ५२२ ले पाए सेयर
काठमाडौं, ३ पुस । बाराही हाइड्रोपावर कम्पनीले आईपीओ बाँडफाँट गरेकाे छ । कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निस्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ । यसरी बाँडफाँट गर्दा ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले कुल सात लाख कित्ता सेयर सार्वजनिक निस्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो ।
कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । जसको ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५१ हजार ५२२ जनमाले १० कित्ताका दरले सेयर पाएका हुन् ।
उक्त आईपीओमा आवेदन दिएकामध्ये ११ लाख ९१ हजार २८४ आवेदनमार्फत १ करोड ३० लाख ७८ हजार १०० कित्ताको लागि योग्य आवेदन प्राप्त भएको बिक्री प्रबन्धकले जनाएको छ ।