सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँले घट्यो, चाँदीमा कति घट्याे ?
काठमाडौँ, ४ मङ्सिर । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदीको मूल्य २२५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ११० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँ र चाँदी तीन हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
