वर्षमान पुन स्वास्थ्य उपचार पछि आज स्वदेश फर्किंदै

काठमाडौं, ५ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचार पछि आज स्वदेश फर्किंदैछन् ।

पुन चीनमा स्वास्थ्य उपचार गराएर आज अपराह्न १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेकाे छ ।

पुन वंशाणुगत जण्डिसबाट पीडित थिए । पुनकाे स्वास्थ्यमा समस्या बल्झिएपछि गत १६ मंसिरमा उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गएका थिए ।

स्वास्थ्यमा राम्राे प्रगति भएपछि स्वदेश फर्किन लागेको उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।