कांग्रेस संसदीय दलमा देउवाविरुद्ध गगन थापाकाे उम्मेदवारी
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसकाे संस्थापनइतर समूहले संसदीय दलको चुनावमा महामन्त्री गगन थापालाई उम्मेदवार बनाउने सहमति गरेको छ।
मंगलबार भएको डा. शेखर कोइरालासँगकाे बैठकले थापालाई दलको नेताका लागि उमेदवार बनाउने सहमति जुटेको हो । कोइरालाले थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्नेछन् ।
महामन्त्री थापा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिने भएपछि पार्टीभित्र बहुमत प्राप्त देउवाका लागि चुनौती खडा थपिएकाे छ ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।