सकियो कांग्रेस संसदीय दलको मतदान, मतगणना केहीबेरमा

काठमाडाैं, ६ पुस । नेपाली कांग्रेसको संसदीय दलको मतदान सकिएकाे छ । नेपाली कांग्रेस ले संसदीय दलको नेता छान्न मतदान गरेकाे हाे ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। झन्डै २ घन्टापछि मतदान सकिएको हो।

अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्।

संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।