शुभम पावरकाे आइपिओ निष्कासन तथा बिक्री खुला

काठमाडाैं, ६ पुस । शुभम पावरको आइपिओ आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयरमध्ये २० प्रतिशत अर्थात् ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका बासिन्दामा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

उक्त सेयर खरिदका लागि पुस २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन सक्छन् भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *