धोबिखोलाकाे अतिक्रमित संरचनामा चल्याे महानगरकाे डोजर
काठमाडौं, ६ पुस । काठमाडौंकाे धोबीखोला किनारमा रहेकाे अतिक्रमित संरचनामा महानगरले डाेजर चलाएकाे छ ।
महानगरपालिकाले १० नम्बर वडामा रहेकाे देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचना डोजर लगाएर हटाउन लागेकाे हाे ।
काठमाडौं महानगरले यसअघि सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।