एमालेबाट विष्णु पौडेलसहित ४ जना मन्त्री बन्दै

काठमाडौं, ११ पुस । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ ।

पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी रहेको छ।

त्यसैगरी, सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दाबी गर्नुभएको छ ।