प्रचण्डबाट प्रधानमन्त्रीको सपथ, उपप्रधानमा तीन जना, पौडेललाई अर्थको जिम्मेवारी

काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सपथ लिनुभएको छ । उहाँले शीतल निवासमा नवनिर्वाचित प्रधानमन्त्रीको रुपमा शपथ लिनु भएको हो । सात १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँसहित प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त हुनुभएको छ । पौडेलले अर्थमन्त्रालय सम्हाल्नु हुनेछ । त्यसैगरी माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बन्नुभएको छ ।

एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह,रा जेन्द्र कुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी गराउनुभयो ।