४ महिना यताकै उच्च विन्दुमा नेप्से, ह्वात्तै बढ्याे कारोबार रकम

काठमाडाैं, १२ पुस । नेप्से परिसूचक करिब ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ। त्यसै काराेबार रकम पनि ५ महिना यताकै उच्च कारोबार भएको छ।

यस दिन नेप्से परिसूचक ५९.८७ अंक बढेर १९८३.९५ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ ।

यस दिन २६१ स्टकको ६३ हजार ६७ पटकको कारोबारमा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम ५ महिना यताकै उच्च कारोबार हाे ।

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस बाहेक तेह्रथुम पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन २६१ स्टकमध्ये २० स्टकको मात्र मूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल टेलिकमको १४ करोडभन्दा बढकिो शेयर कारोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ६.४३ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *