दुई कारोबार बढेको नेप्सेमा केही करेक्सन

काठमाडाैं, १३ पुस । पछिल्लो दुई कारोबार बढेकाे नेप्सेमा केही करेक्सन भएकाे छ । बुधबार नेप्से परिसूचक ११.८१ अंक घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १९७२.१५ विन्दुमा पुगेकाे छ भने यस दिन सेन्सेटिभ इण्डेक्स ४.७२ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५७ स्टकको ३९ हजार ६६० पटकको कारोबारमा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार रुपैयाँ बराबर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन आधा दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त र विन नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बढेका उपसमूहहरुको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *