सत्ता गठबन्धनको बैठक आज बालुवाटारमा बस्दै

काठमाडाैं, १४ पुस । सत्ता गठबन्धनको बैठक आज बालुवाटारमा बस्ने भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार दिउँसो बस्ने गरी बोलाएका छन्।

सात दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिइसकेका छन्।

माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ।