महर्जन कम्प्लेक्समा बुकिङ खुला, खरिद गर्नेलाई टेस्ला कारदेखि हिराको हारसम्म उपहार

काठमाडौं, १४ पुस । के तपाईँ उपयुक्त लोकेशनमा विजनेश गर्ने तयारीमा हुुनुहन्छ ? यदि हुनुहुन्छ भने काठमाडौंको मुटु मानिने न्युरोडमा रहेको महर्जन कम्प्लेक्सले करोडौंको अफरसहित बुकिङ खुल्ला गरेको छ ।

महर्जन बिजनेस एसोसिएट्सले दिएको जानकारी अनुसार कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेलाई टेस्ला गाडी र आइफोनसहितका करोडौँका उपहार राखिएको छ । ‘कम्प्लेक्समा सिमित संख्यामा मात्रै बाँकी रहेका पसल कवलहरु बुकिङ गर्नेलाई गाडीको साथै १० प्रतिशत छुट र खाली नजाने गरी हरेकलाई आईफोन १४ दिइनेछ,’ महर्जन बिजनेस एसोसिएट्सका अध्यक्ष कृष्णलाल महर्जनले भन्नुभयो, ‘यो योजना आउँदो पुस २५ गतेसम्म लागु हुने छ। साथै लक्की ड्रमार्फत डेढ करोड मूल्यको टेस्ला गाडी र हिराको, सुनको हारसमेत उपहार योजना ल्याएका छौँ ।’

न्यूरोड क्षेत्र व्यापारका लागि उपयुक्त स्थान हो । यस्तो स्थानमा करोडौं मूल्य बराबरको उपहारको अफरलाई दुइर्ट हातमा लड्डु भन्दै महर्जन बिजनेस एसोसिएट्सले अवसरको फाइदा उठाउन सबैलाई आह्वान गरेको छ ।

कम्प्लेक्समा पसल बुकिङ गर्नेहरुमध्येमा लक्की ड्रमार्फत प्रथम पुरस्कारस्वरुप एक जनालाई टेस्ला गाडी दिइने बताइएको छ । त्यस्तै दोश्रो पुरस्कार हुन्डाइको कोना कार एक जनालाई, तेश्रो पुरस्कार नीटा इभी कार एक जनालाई दिन लागिएको छ । चौथो पुरस्कारमा हिराको हार र पाँचौ पुरस्कारमा सुनको हार एक एक जनालाई दिइनेछ । यसको साथमा पसल बुक गर्ने हरेकलाई आइफोन १४ दिने कम्पनीले जनाएको छ ।

पुस १३ गते बुधबारबाट सुरु हुने यो अफर आउँदो पुस २५ गतेसम्म मात्र रहने छ । कम्प्लेक्समा आधुनिक क्याप्सुल लिफ्ट, एलिभेटर, एस्केलेटर, आगलागी नियन्त्रण प्रविधि, पूर्णरुपमा वातानुकुलित र बिचमा खुला स्थान रहेको सो कम्प्लेक्समा गहना पसल, ब्राण्डेड पसल, रेष्टुरेष्ट, वित्तिय संस्थालगायतका लागि उपयुक्त छ ।