मन्दिर निर्माणमा भ्रष्ट्राचार गरेको भन्दै नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

सर्लाही , १४ पुस । मन्दिर निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले  प्रमुख प्रशासकीय अधिकृत सहित सब इन्जिनियर उमेशकुमार दास, उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रीनाकुमारी विरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिृकत श्यामकिशोर राय, इन्जिनियर रामविनय प्रसाद यादवसहितका कर्मचारीले कविलासी नगरपालिका–८ स्थिति रामजानकी मन्दिर निर्माणका क्रममा नभएको काम भएको भनेर उपभोक्ता समितिलाई ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको दावी छ ।

फिल्डमा कम काम हुँदा पनि बढी काम भएको भनेर मूल्यांकन गरेको र ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *