भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

काठमाडौं, १५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिराबेनको सय वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

स्वास्थ्यमा विभिन्न समस्या आएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

सामाजिक सञ्जालबाट आज बिहान प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।