सरुवा,बढुवाका लागि नेताको घर-घर गए कारबाही गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौं, १५ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा(बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताउनु भएको छ । । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताउनु भएको हो ।

गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेर उहाँले भन्नु भयो ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’

त्यस्तै, राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताउनु भयो । ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’

आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको बताउँदै, ‘गलत क्रियाकलाप भएको पाइए कसैको कुरा नसुन्ने पनि बताउनु भयो । आफूले पनि कुनै कुरामा दबाब नदिने बताउँदै प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पस्ट पार्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *