सरकारमा जाने नजाने छलफल गर्न नेकपा एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, १६ पुस । नेकपा एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ ।
बैठक पछिल्लो राजनीतिक घटनाक्रम अनुसार एकीकृत समाजवादी पार्टी सरकारमा जाने नजाने छलफल गर्नुका साथै चुनावको समीक्षा गर्न बैठक बस्न लागेकाे हाे।
एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने, नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका छन्।
जिल्ला तहबाट प्राप्त भएको सुझाव बारे पनि बैठकमा छलफल हुने महासचिव वेदुराम भुसालले जनाएको छ।