बढ्यो नेप्से, महिनाै पछि ४ अर्ब नाघ्यो कारोबार
काठमाडाैं, १७ पुस । आइतबार नेप्से परिसूचक १७.२६ अंक बढेर २०४६.२९ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स २.७२ अंक बढेको छ ।
साताको पहिलो कारोबार दिन नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने यस दिन २६१ स्टकको ६२ हजार ५५१ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रुपैयाँ बराबरको काराेबार भएकाे ।
नेप्सेको कारोबार रकम पछिल्लो ५ महिना यताकै उच्च हो। यस अघि गत साउन १६ गते, नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ५.५७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको छ।