एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक पार्टी कार्यालय आलाेकनगरमा बस्दै

काठमाडाैं, १८ पुस। नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक पार्टी कार्यालय आलाेकनगरमा बस्दै छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सोमबार बस्ने गरी पोलिटब्यूरो बैठक बोलाइएको हाे।

बैठकमा समसामयिक राजनीति, नयाँ सरकारबारे धारणा र पार्टी अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने तथा सुझाव संकलन गरिने जनाइएकाे छ ।

एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी बैठक गरेको थियो। उक्त बैठकले तत्काल सरकारलाई समर्थन नगर्ने निष्कर्ष पनि निकालेको छ।

एकीकृत समाजवादीमा अहिलेको सरकारलाई समर्थन गर्ने वा नगर्नेमा दुई धार देखिएको छ।