नेप्सेमा सामान्य अंककाे गिरावट, कारोबार भने बढ्यो

काठमाडाै, १९ पुस । मंगलबार शेयर बजारमा सामान्य गिरावट आएकाे छ । यस दिन नेप्से सूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर कारोबार भएको छ।
मंगलबार श्वेत गंगा हाइड्रोपावर र धौलागिरि लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ९.९९ प्रतिशत, अजोड इन्स्योरेन्सको ९.९९ प्रतिशत र नेरुडे लघुवित्तको ७.७३ प्रतिशतले बढेको छ।
त्यस्तै विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.५९ प्रतिशत, बोटलर्स नेपाल तराइको ५.५४ प्रतिशत र दोर्दी हाइड्रोपावरको ३.४४ प्रतिशतले घटेको छ।
यस दिन हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ४३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ।