आईएमई पे र आईएमई लाइफ इन्सोरेन्सबिच सम्झौता

काठमाडौं, २० पुस । आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनीबिच सम्झौता भएको छ ।

सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।

सम्झौता प्रस्चात आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताले नेपालभरिबाट सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।
प्रयोगकर्ताले भुक्तानी गरेपछि एक हजार बोनस तुरुन्तै प्राप्त गर्न सक्नेछन् । त्यस्तै, तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको हो ।