अनुकूलन कोषको बोर्ड सदस्यमा उपसचिव शर्मा
काठमाडौं, २१ पुस । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिअन्तर्गतको अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चयन हुनुभएको छ ।
मन्त्रालयको सिफारिसमा उहाँ अतिकम विकसित राष्ट्रको समूह (एलडिसिज ग्रुप) का तर्फबाट अनुकूलन कोषको बोर्ड सदस्यमा छनोट हुनुभएको मन्त्रालयले जनाएको छ । कोषमा अन्य विभिन्न समूहका गरी करिब २० पदाधिकारी रहन्छन् । उपसचिव शर्मा दुई वर्ष (सन् २०२३ र २०२४)का लागि सो पदमा चयन हुनुभएको हो ।
उक्त पदमा विभिन्न मुलुकबाट विभिन्न व्यक्तिले आवेदन दिएका थिए । कोषको बोर्ड सदस्यमा उहाँ एलडिसिज ग्रुपका तर्फबाट चयन भएपनि नेपाललाई उक्त कोषको नीति निर्माणमा पहुँच र सहयोग प्राप्तिमा योगदान पुग्ने विश्वास गरिएको छ ।