श्रम तथा रोजगार कार्यालय र गुर्जुधाराकाे यातायात व्यवस्था कार्यालयमा प्रहरीकाे छापा, २५ भन्दा बढी पक्राउ

काठमाडौं, २१ पुस । जिल्ला प्रहरी परिसर काठमाडौंले श्रम तथा रोजगार कार्यालय र यातायात व्यवस्था कार्यालय गुर्जुधारामा छापा मारेकाे छ ।

प्रहरीले ति कार्यालयहरूमा छापा मारेर बिचाैलियाकाे काम गर्ने २५ जनाभन्दा बढीलाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले सेवाग्राहीलाई बिचौलियाले दु:ख दिएको सूचना पाएपछि उनीहरूलाई पक्राउ गरेकाे जनाएकाे छ ।

पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन।