एमालेका तीन मनोनित केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं, ११ कात्तिक । नेकपा (एमाले)का मनोनित केन्द्रीय कमिटीका तीन जना सदस्यहरूले शपथ ग्रहण गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउनुभएको हो ।

यसअघि शपथ ग्रहण गर्न बाँकी रहेका तीनै जना मनोनित केन्द्रीय सदस्यले आज शपथ लिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *