सुनकाे भाउ बढ्याे, चाँदी पनि महङ्गियाे

काठमाडौं, ११ कात्तिक । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९८० रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९७० रुपैयाँ कायम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *