नेप्सेसंगै बढ्याे काराेबार रकम, आज ५ अर्ब ४५ करोडकाे काराेबार

काठमाडाैं, २४ पुस । साताको पहिलो कारोबार दिन शेयर बजारमा नेप्सेसंगै काराेबार रकम पनि बढेकाे छ । यस दिन नेप्से परिसूचक २०.५५ अंक बढेर २१६४.४८ विन्दुमा पुगेर बन्द भएकाे छ । यस दिन सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। यस दिन २५९ स्टकको ७५ हजार ४६५ पटकको कारोबारमा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता शेयर काराेबार भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खप्तड लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र ङादी ग्रुप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नति स्किम १ को इकाईमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर, विन नेपाल लघुवित्त र श्रृजनशील लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब २० करोडको शेयर कारोबार भएको छ भने रिडी पावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधकि ४.४३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।