नेपाल आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौं, २४ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य समायाेजन गरेकाे छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ समायाेजन गरेकाे हो ।

अब पेट्रोल मुल्य घटेर लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।

यस्तै निगमले हवाई इन्धनमा पनि मूल्य घटाएकाे छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्यासको मुल्य भने घटाएकाे छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *