आगामी माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक
काठमाडाैं, २८ पुस । वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् ।
वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बुधबार बसेको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो ।
हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् ।
रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३ प्रतिशतसम्म ब्याज रहेको छ । माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।