पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

काठमाडाैं, २९ पुस । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् रू दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८३ अर्ब ८५ करोड बजारमा प्रवाह भएको छ ।

त्यस्तै विवरणअनुसार स्थायी तरलता सुविधामार्फत् रू २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल रू ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् रू २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *