यती एयरलाइन्सको ६८ जना यात्रु बोकेको विमान पोखरामा दुर्घटना

काठमाडौं, १ माघ । पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना भएकाे छ ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको जहाज पोखराको सेती खोचमा दुर्घटना भएको हाे ।

पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जनाएकाे छ ।