कोका–कोलाको सक्षम तालिम महिला व्यवसायीहरुलाई

काठमाडौं, ३ माघ । कोका–कोलाले आयाेजना गरेकाे सक्षम तालिम सफलतापूर्वक सम्पन्न भएकाे छ ।

खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको उक्त तालिममा विभिन्न स्थानबाट एक हजारभन्दा बढी महिलाहरु सहभागि भएका थिए ।

अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोट्लिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो ।

खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धि तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रम १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो ।