नेप्सेमा ५.७१ अंककाे वृद्धि, कारोबार रकम ३ अर्ब ४ करोड

काठमाडौं, ५ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएकाे छ ।

यस दिन नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ बिन्दुमा पुगेर रोकिएको छ । दिनभर उतारचढाव भएको बजार अन्तिममा बढेर बन्द भएकाे हाे।

यस दिन २४६ धितोपत्रको ५८ हजार ६६५ वटा कारोबारबाट ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ । बिहीबार ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।

यस दिन बैंकिङ, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो भने अन्य उपसूचकहरु घटेका छन् ।

यस दिन आदर्श लघुवित्त र मैलुङ खोला जलविद्युतको सकारात्मक सर्किट लेबलमा कारोबार भएकाे छ । निफ्रा, ग्रीन भेन्चर, स्वेत गंगा हाइड्रो समेत धेरै मूल्य बढ्ने कम्पनीमा रहे ।

कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा धेरै ८.८९ प्रतिशतले गुमाए । बिहीबार एनआईसी एसिया, रिडी, पिपुल्स हाइड्रोसहितका कम्पनीको कारोबार धेरै भएको छ ।