मनिप्लान्टको अध्यक्षमा पराजुली

काठमाडौं, ६ माघ । मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सुदर्शन प्रसाद पराजुलीको नेतृत्वमा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । पेप्सीकोला काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष पराजुलीबाट प्रस्तुत आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन, आव २०७८–०७९ को लेखा परिक्षण प्रतिवेदन, आव २०७९–०८० को योजना तथा वार्षिक बजेट पारित गरेको छ । त्यसैगरी आव २०७९–०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश, निर्वाचन, अचल सम्पती खरिद बिक्री सम्बन्धलगायतका विषयमा छलफल गरी आगामी आवको लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आवको संस्थाको पूँजी तथा दायित्व तर्फ शेयर पूँजी १० करोड ६६ लाख ८९ हजार रुपैयाँ, जगेडा कोष ७ करोड ८४ लाख ६ हजार ४ सय ८ रुपैयाँ ४१ पैसा, कोष हिसाब ३ करोड ६२ लाख ७२ हजार २ सय ९७ रुपैयाँ ५१ पैसा, ऋण नोक्सानी व्यवस्था ५ करोड ११ लाख ४३ हजार ६ सय ९ रुपैयाँ १५ पैसा रहेको छ ।
बचत तथा निक्षेप ७६ करोड ४१ लाख २६ हजार ७ सय २१ रुपैयाँ ५४ पैसा, बाह्रय ऋण तथा सापटी २२ करोड ८ लाख ६१ हजार २ सय ३८ रुपैयाँ ५३ पैसा, चालु दायित्व तथा व्यवस्था १ करोड ३७ लाख ९ हजार ८ सय ७८ रुपैयाँ ३२ पैसा, कर दायित्व ६५ लाख ५९ हजार ७ सय ३९ रुपैयाँ ५३ पैसा रहेको छ ।
आर्थिक वर्षमा संस्थाको जम्मा करोबार १ अर्ब २७ करोड २ लाख ८ हजार ८ सय ९३ रुपैयाँ १ पैसाको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *